logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अभिनेता पल शाहले गरे प्रहरीसमक्ष आत्मसमर्पण


अंकुरण खबर
2.431K
Shares

नाबालिग बलात्कार आरोपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

चार दिनअघि बलात्कार आरोपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीको फरार सूचीमा थिए ।

यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् । तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आरोपी शाह प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरे । ‘उनी हामीसँगै छन् । अनुसन्धान अघि बढेको छ । थप विवरण केही बेरपछि सार्वजनिक गर्छौँ,’ खड्काले भने ।

प्रत्यक्षदर्शीका अनुसार उनी आफैँ प्रहरी कार्यालय छिरेका थिए । उनले आफूमाथि लागेको आरोपलाई सार्वजनिक रूपमा अस्वीकार गर्दै आएका छन् । शाहले आज नै प्रहरीसामु आत्मसमर्पण गर्ने जानकारी दिएका थिए ।