logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कार्यव्यवस्था परामर्श समिति बैठक जारी


अंकुरण खबर
442
Shares

प्रतिनिधिसभा अन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा समितिको बैठक बसिरहेको हो ।

आइतबारै बस्न लागेको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न समितिको बैठक बसिरहेको हो ।

बिहान ११ बजेका लागि बोलाइएको समितिको बैठक ढिलो गरी सुरु भएको थियो । दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले समितिको बैठक निर्धारित समयमा बस्न नसकेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

समितिको बैठक सकिएपछि प्रतिनिधिसभाको बैठक बस्नेछ । सो बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने तयारी गरिएको छ ।