logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बनेपाको आशापुरीमा सुख्खा पहिरोमा पुरिए पाँचवटा सवारी साधन


अंकुरण खबर
741
Shares

बनेपा नगरपालिका–१४ आशापुरीस्थित आशापुरी रोडा ढुंगा सप्लायर्समा ढुंगा लोड गर्ने क्रममा आइतबार दिउँसो सुख्खा पहिरो जाँदा पाँचवटा सवारी साधन पुरिएका छन् ।

पुरीएका सवारी साधनमा २ वटा स्काईभेटर, ३ वटा टिपर र एउटा निशान गाडी छन् ।

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक विपद् व्यवस्थापन टोली र प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले स्काईभेटरका चालक र सहचालकलाई उद्धार गरी उपचारको लागि मध्यपुर ठिमी अस्पताल भक्तपुर पठाएको छ ।

पहिरोमा पुरिएका थप १ जनाको प्रहरीले उद्धार गर्ने पहल गरिरहेको छ ।