साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ ।
आइतबार नेप्से परिसूचक ७.७३ अंकले घटेर २ हजार ६५३.७० बिन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले घटेको छ ।
आइतवार कारोबारमा आएका २२४ कम्पनीको ७० लाख ४० हजार कित्ता ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन् भने बाँकी ११ उपसमूहको परिसूचक गिरावट आएको छ ।
जसमा एमसीसी पास हुने अपेक्षाले जलविद्युत उपसमूहको परिसूचक बढेको छ । त्यस्तै अन्य उपसमूहको परिसूचक पनि बढेको छ । जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९ प्रतिशत, बैंकिङ्ग ०.६९ प्रतिशत, व्यापार ०.२६ प्रतिशत, होटल तथा पर्यटन ०.०९ प्रतिशत, विकास बैंकको ०.५५ प्रतिशत, वित्तको ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.२८ प्रतिशत र लगानीको ०.१८ प्रतिशत घटेको छ ।