logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी नेपाली स्वाधिनताको लडाइमा कलंक स्थापित हुने छ : भीम रावल


अंकुरण खबर
897
Shares

नेकपा एमालेका सांसद भीम रावलले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावप्रति असन्तुष्टि जनाएका छन्।

उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् । उनले यो भ्रामक घोषणा भएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका हुन् ।

आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले नेपालको संविधानको मर्म विपरित भएको बताएका हुन् । यसका साथै उनले एमसीसी माथि भएको सम्झौता पत्रलाई सम्झौता पत्र नभएर ठग पत्र भएको बताएका छन् ।

उनले यो सम्झौता नेपाली स्वाधिनताको लडाइमा कलंकको रुपमा स्थापित हुने  दाबी समेत गरेका छन् ।

उनले सार्वभौम सत्ता, स्वतन्त्रता र देशको हितमा आहात पुर्‍याउनका लागि रातारात संविधान मिचेर आएको बताएका छन् । उनले यो सम्झौता महाकाली सम्झौता जस्तै भ्रामक भएको बताएका छन् ।  यो सम्झौता नेपाली स्वाधिनताको लडाइमा कलंकको रुपमा स्थापित हुने  दाबी समेत उन गरेका छन् ।