logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसीको पक्ष र विपक्षमा सिंगो देश ध्रुवीकरण भएको बेला प्रतिनिधि सभाबाट एमसीसी पारित


अंकुरण खबर
1.261K
Shares

प्रतिनिधिसभाबाट अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बहुमतले पारित भएको छ ।

आइतवार राति बसेको प्रतिनिधि सभा बैठकले एमसीसी र त्यसको व्याख्यात्मक घोषणा पारित गरेको हो ।संसदमा भएको छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव पारित गरियोस भन्ने प्रस्ताव गरेका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गरेका थिए । त्यसक्रममा हुन्छ भन्ने पक्षमा बहुमत सांसद उभिएका थिए ।

बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित सम्झौता पारित गरेको हो।

एमसीसीको पक्ष र विपक्षमा सिंगो देश ध्रुवीकरण भएको बेला बैठकले विवादास्पद सम्झौतालाई पारित गरेको हो। सम्झौता पारित पछि एमसीसीले नेपालमा परियोजनाको काम सुरुवात गर्ने बाटो खुलेको छ। योसंगै प्रधानमन्त्री शेरबहादुर देउवाको एमसीसी सम्झौता अनुमोदन गराउने चार वर्षको कसरत सफल भएका छन् ।