मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बिरोधमा विभिन्न ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले गरेको बन्दको सामान्य प्रभाव देखिएको छ ।
बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले सोमबार बिहानै राजधानीका विभिन्न ठाँउमा ३ वटा बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड गरेका हुन् । बन्द गराउन हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अहिले सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दको प्रभाव राजधानी बाहिर पनि सामान्य रुपमा देखिएको छ ।