logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज महाशिवरात्री, देशभरका शिवमन्दिरहरुमा विशेष मेला


अंकुरण खबर
819
Shares

१७, फागुन २०७८ मंगलबार । तद्नुसार मार्च महिनाको १ तारिक २०२२ ।

फागुनकृष्णपक्ष चतुर्दशी, विष्टि करण, धनिष्ठा नक्षत्र, परिध योग, चन्द्रमा मकर राशिमा रहेको छ । आज महाशिवरात्री देशभरका  शिवमन्दिरहरुमा विशेष मेला लाग्ने गर्दछ ।

महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। आजको दिन साँझको समयमा शिवालयमा चार प्रवरमा पूजा आरधना हुने गर्दछ । साँझ ६ बजेदेखि ९ बजेसम्म पहिलो, ९ देखि १२ दोस्रो र १२ देखि ३ सम्म तेस्रो र ३ देखि ६ सम्म चौथो प्रवरको पूजा गर्ने गरिन्छ । आज सूर्योदय बिहान ६ः३० भएकाे छ भने सूर्यास्त बेलुका ६ः ०४ मा हुनेछ ।

आजको दिन शिवको विशेष आरधना गर्ने दिन हो । आजको दिन यदी व्रत र पूजा गर्न सकिएन भने नमः शिवाय मन्त्र जप वा स्मरण मात्रले पनि सिद्धि प्राप्त गर्न सकिने जनाविश्वास छ ।

शिवरात्रीको अबसरमा पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरि सहज आवतजावतको प्रवन्ध गरिएको छ। धेरै टाढाबाट आउने भक्तजनहरुको सुविधाका लागि निर्र्वाध आवतजावतको व्यवस्था मिलाइएको छ । साथै गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ्ग गर्ने स्थानहरु तोकिएको छ ।