logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोटरसाइकल चोरी गरेर बेच्ने युवक पक्राउ 


अंकुरण खबर
1.339K
Shares

मोटरसाइल चोरी गरेर बेच्ने गरेको आरोपमा प्रहरीले उपत्यकाबाट एक युवकलाई पक्राउ गरेको छ ।

रामेछाप घर भई काभ्रेको बनेपा-१३ थापागाँउ बस्दै आएका १८ वर्षीय छिरिङ घिसिङलाई महानगरीय प्रहरी परिसर भक्तपुरले दुई वटा मोटरसाइकल र चारस्कुटरसहित पक्राउ गरेको हो ।

परिसरका सूचना अधिकारी राजु पाण्डेका अनुसार घिसिङले मोटरसाइकल र स्कुटी चोरी गरेर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।