logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित : सचिवालय


अंकुरण खबर
650
Shares

सभामुख अग्निप्रसाद सापकोटालाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको उनको सचिवालयले बताएको छ ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपाने बुधबार प्रेस नोट जारी गरेर लोकतन्त्र र संवैधानिक सर्बोच्चताको पक्षमा उभिएका सभामुखलाई जोडेर गरिएको प्रचार राजनैतिक पूर्वाग्रहबाट प्रेरित देखिएको दाबी गरेका हुन् ।

सभामुखसापकोटाको नाम जोडेर भ्रम सृजना गर्ने र अफवाह फैलाउन  खोजिएको भन्दै उनले यसप्रति सचिवालयको ध्यानाकर्षण भएको बताए ।

‘देशको जिम्मेवार राजनीतिक दलको लेटरहेडमा उहाँले बोल्दै नबोलेको विषयमा काल्पनिक कथ्य बनाई सोही विषयलाई जोडेर गलत भाष्य निर्माण गर्न खोजिएकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले प्रेस नोटमा उल्लेख गरेका छन्, ‘सभामुख सापकोटाले बोलेको भनि प्रचार गरिएका विषयको पुष्टि गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं । आफ्नो राजनैतिक अभीष्ट पूरा गर्न अमर्यादित एवं अशोभनीय तवरले सिर्जना गर्न खोजिएको भ्रममा नपर्न सबैमा अनुरोध गर्दछौं ।’

Avatar