logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किन आउँछ अस्पताल, चिकित्सक र बिरामीबीच विवाद ? यस्तो छ सल्यचिकित्सक गौतमको राय


अंकुरण खबर
6.552K
Shares

चाहे योजना अनुरुप गरिने सल्यक्रिया होस् चाहे आकास्मिक रुपमा गरिने कुनै पनि रोग वा अंगको सल्यक्रिया, दुबै संवेदनशील हुन्छ । जुनसुकै सल्यक्रिया गर्दा पनि राम्रो नतिजाको लागि दक्ष चिकित्सक त चाहिँन्छ नै । यसको साथै दक्ष सहयोगी, गुणस्तरीय उपकरण र प्रभावकारी वातवरणको पनि उत्तिनै आवश्कता पर्दछ ।

सल्यक्रियाका क्रममा थोरैमात्र गल्ती भएमा बिरामीको ज्याननै जोखिममा पर्न सक्छ । यस अर्थ पनि सबै कुरा राम्रो हुन जरुरी छ । सल्यक्रिया गर्दा चिकित्सक, चिकित्सकका सहयोगी, बिरामी र बिरामीका आफ्न्तले के-कस्ता कुरामा ध्यान दिनुपर्छ ? अंकुरण खबर मार्फत जनरल सर्जन डा. मनिष गौतम यसो भन्छन् …

सबै भन्दा पहिला त कुनै पनि रोग या दुर्घटनामा परेको बिरामीको अवस्था हेरी चिकित्सकले सल्यक्रिया आवश्यक छ या छैन् एकीन गर्नु पर्दछ । जब सल्यक्रियाको आवश्यक्ता पर्दछ त्यो अवस्थामा सबै कुराको राम्रो तयारी गरेर सल्यक्रिया गर्नुपर्छ ।

नेपालको अवस्था हेर्ने हो भने सल्यचिकित्सक र अस्पताललाई बेला बेला विवादमा मुछिने गरिएको छ । यस्तो उत्तरदायी र संवेदनशील कुरामा पनि विवाद आउनु निकै दुखद विषय हो । कुनै पनि चिकित्सक या अस्पतालको चाँहाना हुन्छकी उपचाररत बिरामी पूर्ण निको होस् । तर अप्सोच जटील प्रकृतिका या सामान्य सल्यक्रिया गर्दा पनि कहिलेकाँही अथक प्रयासकै बिच बिरामीको मृत्यु हुन्छ । बिरामीको मृत्यु पश्चात आरोप लाग्छ कि चिकित्सकको लाप्रबाहीले मृत्यु भयो ।अपवाद बाहेक यो कुरा हुनै सक्दैन् ।
सल्यक्रिया अगाडी चिकित्सक, बिरामी, बिरामीका आफ्न्त र अस्पताल प्रशासनले यस्ता कुरामा सचेत भए समस्या नआउन सक्छ :

चिकित्सक र अस्पताल प्रशासन 
सल्यचिकित्सक आफ्नो काममा दक्ष, इमान्दार त हुनुपर्छनै । यसको साथै सल्यक्रिया गर्नुपहिले नै बिरामी र उनका आफ्न्तलाई बिरामीको अवस्था, पछि आइपर्न सक्ने चुनौतीका बारेमा स्पष्ट पार्नुपर्छ ।

जस्तोकी दुर्घटना हुनु आफैमा अप्रिय कुरा हो । त्यस बेला बिरामीको चाँप बढी हुन सक्छ । आफ्नो बिरामीको उपचार छिटो होस् भन्ने सबैको चाँहाना हुन्छ । तर बढी जोखिम भएका बिरामीलाई हामीले प्रथामिकतामा राखेर उपचार गर्नुपर्छ । यस्तो अबस्थामा बढी जटिल भएको बिरामी भन्दा कम जटील भएको बिरामीको मृत्यु पनि हुनसक्छ ।

यसै कुरालाई लिएर अस्पताल र चिकित्सकको लाप्रबाहीले मृत्यु भयो भनी अस्पताल रणभूमि जस्तो बन्ने गर्छ । यस्तो आक्षेप र अवस्थाबाट जोगिन सकेसम्म बिरामीका आफ्न्तलाई बुझाउने प्रयत्न गर्नुपर्छ ।

बिरामी र आफन्त :
बिरामी उपचारको लागि अस्पताल लगेपछि निको हुनुपर्छ भन्ने सोच्नु राम्रो हो । यद्यपी उपचारका क्रममा कहिले काँही बिरामीको दीर्घ समयसम्म जटील समस्या आउने या मृत्यु समेत हुनसक्छ । आफ्नो बिरामीको अवस्था कस्तो छ ? भोली के-कस्ता समस्या आउँन सक्छ ? सबै कुरा प्रष्टरुपमा चिकित्सकसंग बुझ्नु पर्छ । अनि पछि आउने जुनसुकै नतिजालाई आत्मसाथ गर्न सक्नुपर्छ । उपचारका क्रममा बढी भीडभाड गर्ने अनआवश्यक प्रश्न र शंका गर्ने बानीले पनि उपचारमा बाधा पुग्न सक्छ ।

र अर्को कुरा सडक होस् या अन्य दुर्घटना या आपत्कालिन रुपमा सल्यक्रिया गर्नुपर्ने बिरामीलार्ई जतिसक्दो छिटो नजिकको अस्पताल लानुपर्छ । कत्तिपयको सोच रहन्छ की नाम चलेको वा चीनजानको अस्पताल टाडै भए पनि लाने । यस्तो सोचले बिरामीको मृत्यु समेत हुनसक्छ ।

(डा. गौतम कलंकी स्थित नेपाल नेशनल अस्पतालमा कार्यरत छन् ।)