logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार, हर्षोल्लासपूर्वक मनाउन प्रधानमन्त्री देउवाको आग्रह


अंकुरण खबर
1.378K
Shares

आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार ।

शेर्पा समुदायले यो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु.फो.ताक्लोको अवसरमा विविन्न कार्यक्रम गरि मनाउने गर्दछन् ।

ग्याल्पो ल्होसारकै सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील रहेको बताएका छन् । उनले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।

कोरोना महामारीको त्रास अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन प्रधानमन्त्री देउवाको आग्रह छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।