logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५ दिने मध्यपरिक्रमा सुरु (फोटोसहित)


अंकुरण खबर
793
Shares

धार्मिक तथा ऐतिहासिक १५ दिने मध्य परिक्रमा आजदेखि सुरु भएको छ ।

फागुने औँसीदेखि पूर्णिमासम्म मनाइने उक्त परिक्रमाअन्तर्गत बिहीबार धनुषाको मिथिला विहारी नगरपालिकाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट किशोरीजीको डोला निकालिएको छ ।

Avatar

मधेश प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, मिथिला विहारी नगरपालिका मेयर सुनिल यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडल, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशक बलराम ठाकुरसहितले आफ्ना काँधा थाप्दै मन्दिरबाट किशोरीजीको डोला बाहिर निकालेपछि परिक्रमा  प्रारम्भ भएको थियो । परिक्रमा प्रारम्भ गर्नुअघि नेपाल प्रहरीले किशोरीजीको डोलाइ सलामी दिएका थिए ।

Avatar

धनुषा, महोत्तरी र भारत विहारका दर्जनौँ धार्मिक ऐतिहासिक ठाँउहरू समेटने परिक्रमा नेपालको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी १२० किलोमिटर भूभागको परिक्रमा गरिन्छ । वृहत्त, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा मनाइने गरिन्छ ।  तर, विभिन्न समस्याका कारण वर्तमान समयमा मध्यपरिक्रमामा रूचि राख्नेहरुको संख्या अहिले पनि उल्लेखनीय रहेको साहित्यकारहरूको भनाइ छ । मिथिला महात्ममा वर्णन गरिएको मध्यपरिक्रमको सुरुवात १८औँ शताब्दीभन्दा केही अगाडि भएको साहित्यकार डा. राजेन्द्र बिमलको भनाइ छ ।

Avatar

फागुने औँशीबाट सुरु भएर पूर्णिमासम्म चल्ने यो महोत्सवमा धनुषाको कचुरी गाँउस्थित मिथिला विहारी मठबाट रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर ल्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका  अन्य मठ मन्दिरबाट ल्याइएका डोलाहरू समेत समावेश गरी परिक्रमा यात्रा प्रारम्भ हुने गर्दछ ।

डोलामा पछि पछि परम्परागत बाजाँगाजा सहितका मौलिक पहिरनमा लाखौँ नरनारीहरु सहभागिता हुने गर्छन् । लावालस्करसहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्ने गर्दछ ।

Avatar

परिक्रममाअन्तर्गत  क्रमशः जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर, भारतकै फुलहरस्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चन वन, पर्वता, धनुषाधाम, सतोखर, औरही,  करुण (भारत), विसौल (भारत) र यात्राको अन्तिम दिन अर्थात १५औँ दिन जनकपुरको  अन्तरगृह परिक्रम गरी मध्यपरिक्रमा सम्पन्न हुने जानकी मन्दिरका छोटा महन्थ रोशन दासले जानकारी दिए ।

Avatar

परिक्रमा सम्पन्न भएको भोलिपल्ट जनकपुरसहितका क्षेत्रमा होली पर्व मनाउने चलन रहेको उनले बताए ।  परिक्रम नेपाल र भारतका भूमिसँग जोडिएकोले परापूर्वकालदेखि यी दुई मुलुकको सम्बन्ध सुमधुर राख्न यसले ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।