पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ४ सय ४८ पिसिआर परिक्षणका क्रममा ७० जना र २ हजार ४ सय ७६ एन्टीजेन परीक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा कोरोनाका कारण थप तीन जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४४ जनाको मृत्यु भएको छ ।
आज थप ३ सय २० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ८ सय ८ जना निको भएका छन् ।
हाल नेपालमा ७ हजार ५ सय १७ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइशोलेसन ७ हजार ३ सय ४९, संस्थागत आइसोलेसनमा १ सय ६८ जना छन् । आइसियुमा ६१ र भृन्टिलेटरमा ९ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा १८ जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।