logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जेसीभी दुर्घटना हुँदा सह-चालकको मृत्यु


अंकुरण खबर
351
Shares

सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी-१२ खहरे केराबारीछापमा जेसीभी दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सह-चालक महोत्तरी बर्दिबास- ६ का १८ वर्षीय रोहित आले मगरको घटनास्थलमै मृत्यु भएको हो ।

निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा.२ क ६६१८ नम्बरको जेसीभी माटोमा भासिन गई सडकबाट करिब १००  मिटर तल खसेको  बस्नेतले  बताए ।

चालक बाँके राप्तीसोनारी-४ का २२ वर्षिय प्रकाश चौधरी भने सकुशल रहेका र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।