logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुरु भयो माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक, नारायणकाजीको असन्तुष्टि रहेसंगै बैठक पेचिलो बन्ने


अंकुरण खबर
481
Shares

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय सभागृह पुगेका छन् ।

आज (शुक्रबार)  सुरु हुने केन्द्रीय कमिटीको बैठकका लागि उनी सभागृह पुगेका हुन् ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक एजेन्डाका लागि गरिएको आन्तरिक छलफलका कारण ढिला भएपछि १ बजेका लागि सारिएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयले पनि आजको बैठक पेचिलो बन्ने आकलन गरिएको छ ।  एमसीसी अनुमोदन गर्न पार्टीले सहयोग गरेपछि नेता नारायणकाजी श्रेष्ठपक्षले असन्तुष्टि जनाएसंगै पार्टीमा चर्को मतभेद सृजना भएको छ । यो बैठकमा श्रेष्ठले एमसीसीबारे लिखित रुपमै फरक मत दर्ज गर्ने तयारी गरेका छन् ।  बैठकमा असन्तुष्ट समूहले अध्यक्ष प्रचण्डको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरेको स्रोतको भनाइ छ ।

त्यस्तै बैठकमा पार्टीका पदाधिकारी चयनमा केन्द्रित हुने बताइएको छ । पुसमा सम्पन्न महाधिवेशनले पार्टीको केन्द्रीय बमिटी चयन गरेको थियो । सोही महाधिवेशनले पदाधिकारी चयनको जिम्मेवारी केन्द्रीय कमिटीको पहिलो बैठकलाइ दिए पनि अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन बाँकी छ ।

खासगरी महासचिव पदमा कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो नलाग्दा पदाधिकारी चयनले पूर्णता पाउन नसकेको जनाइएको छ ।