logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मानव बेचविखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न व्यक्ति पक्राउ


अंकुरण खबर
975
Shares

मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् ।

आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने भन्दै उनले फकाउने गरेको आरोप प्रहरीको छ । एउटा मृगौला दिंदा ८ लाख रुपैयाँ हात पर्छ भनी उनले प्रलोभन देखाएको समेत प्रहरीले जनाएको छ ।

मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका–१६ माछापोखरी क्षेत्रमा दुई जना व्यक्ति ल्याई राखेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुई जना पीडितहरुको उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो ।

उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।