logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँबानेश्वरमा ‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ


अंकुरण खबर
468
Shares

काठमाडौं महानगरपालिका–१६ नयाँबानेश्वरस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ का २७ वर्षीय सुबाष रतोकी र कञ्चनपुर शक्लाफाँटा नगरपालिका–२ का ३४ वर्षीय मिलन बोहरा रहेका छन् ।

पाँचथर याङ्गक गाउँपालिका–८ च्याङ्थापुका ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, नौमुले गाउँपालिका–५ सल्लेरीका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखी गाउँपालिका–६ का २१ वर्षीय कमल सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उक्त फार्मेसीका संचालकलाई फागुन १२ गते ‘हामी प्रहरी हौं’ भन्दै उनीहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले फार्मेसीबाट काउन्टरमा भएको नगद, एक थान मोबाइल, एक थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको ३ हजार ५ सय रुपैयाँ गरी कूल ६५ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

प्रहरीले उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरको जनाएको छ ।