logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

झापामा किशोरी बलात्कृत, दुई जना पक्राउ


अंकुरण खबर
832
Shares

झापामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बलात्कार गरेको आरोपमा प्रहरीले गौरिगंज गाउँपालिका–२ कोरोबारी बस्ने २४ वर्षीय देव कुमार राजबंशी र २२ वर्षीय प्रमोद राजवंशीलाई बिहीबार पक्राउ गरेको छ ।

खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।