logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपालमा आपराधिक सोच छ : ईश्वर पोखरेल


अंकुरण खबर
1.664K
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माधव नेपाल आपराधिक सोच राख्ने कलंकित पात्र भएको बताएका छन् ।

शनिबार काठमाडौंमा ओखलढुंगा काठमाडौं सम्पर्कमञ्चको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नो पार्टीको सरकारलाई हटाई अर्को पार्टीलाई नेतृत्व दिन लागिपरेकाले नेपालमा आपराधिक सोच रहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘ओलीले कमजोरी गरे भन्ने नाममा हाम्रो प्रमुख प्रतिद्वन्द्वी, बोलिचालीको भाषामा प्रमुख शत्रु नेपाली कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउने आफ्नो पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाउने आपराधिक कामको अगुवाई गर्ने काममा मूख्य भूमिका उहाँले खेल्नुभयो ।’

नेपाल र उनकै प्रवृति भएका केही व्यक्ति पार्टीबाट बाहिरिदा पार्टी अझ शसक्त हुने वरिष्ठ उपाध्यक्ष पोखरेल भनाई थियो ।