logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्लाहीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाइने


अंकुरण खबर
1.599K
Shares

नेकपा (एमाले) निकट महिला संगठन अखिल नेपाल महिला (अनेम) संघ सर्लाहीले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस साताव्यापी मनाउने भएको छ ।

संघले हरेक वर्ष मार्च ८ मा श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । सोही अवसरमा जिल्लाका विभिन्न स्थानमा सचेतनादेखि अनुगमनसम्मको गतिविधि गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

अनेम संघ सर्लाहीकी अध्यक्ष कल्पना कटुवालले २७ फागुनसम्म विभिन्न गतिविधि गरिने बताइन् । संघले मानवसेवा आश्रममा फलफूल वितरण गरेको छ ।

आइतबार पद्म भुवनेश्वरी नमुना बृद्धा सेवा आश्रम लालबन्दीमा बृद्धबृद्धालाई मिष्ठान्न भोजन गराउने संघले जनाएको छ ।

सोमबारदेखि बर्थिङ सेन्टरको अनुगमन गर्ने र सरोकावाला समूहसँग अन्तर्क्रिया गर्ने, महिला भेला तथा स्थानीय निर्वाचन केन्द्रित महिला सशक्तिकरणका लागि सचेतना कार्यक्रम गर्ने र  २७ फागुनमा चन्द्रनगर गाउँपालिकास्थित नारीमैनताल प्रांगणमा अभियानको समीक्षासहित समापन गरिने कटुवालले जानकारी दिइन् ।