logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

दमौलीको हार्डवेयर पसलमा आगलागी, नियन्त्रणको प्रयास जारी


अंकुरण खबर
1.066K
Shares

दमौली भोलेटार चोकको एउटा पसलमा भीषण आगलागी भएको छ ।

ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर आगो लागेको हो ।

उक्त आगो अझैं नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी तनहुँका अनुसार आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

आगो नियन्त्रणका लागि प्रहरी, स्थानीयहरु आगो नियन्त्रणमा जुटेका छन् । आगो निभाउन एउटा दमकल र चारवटा पानी ट्यांकरको प्रयोग गरिएको छ ।

आगलागीको कारणबारे खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।