नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ ।
आइतबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे सारिएको थियो । तर दुई बजेपनि बैठक बस्ने अवस्था नभएपछि भोलिसम्मका लागि बैठक सारिएको हो ।
सोमबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । उनका अनुसार पार्टीभित्र आवश्यक गृहकार्य बाँकी रहेकाले आजको बैठक स्थगित गरिएको हो ।
बैठक भोलि ११ बजे बस्ने छ ।