logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दमौली हार्डवेयर पसलको आगलागी अझै नियन्त्रणमा आएन, हेलिकप्टरबाट पानी हालिँदै


अंकुरण खबर
637
Shares

तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

बिहान १० बजेदेखि लागेको आगो तीन घण्टा हुँदा पनि नियन्त्रणमा लिन नसकिएको हो ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु¥याएको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ ।

सिम्रिक इयरको हेलिकप्टरले पानी आकाशबाट पानी झारेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा हेलिकप्टर मगाइएको हो । मन्त्री श्रेष्ठ मादी नदीमा बसेर पानीको व्यवस्था मिलाइरहेका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन । आगो निभाउने प्रयास जारी छ ।

प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार कति घरमा क्षति भयो अहिले नसकिने अवस्था रहेको छ । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभन्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन् ।