logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बनस्थलीमा तरकारीका ७० वटा स्टलहरू जलेर नष्ट


अंकुरण खबर
442
Shares

काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल टहराहरूमा गएराति आगलागी हुँदा ७० वटा स्टलहरू जलेर नष्ट भएका छन् ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ५ वटा दमकल तथा स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।