logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खानेपानीले हाहाकार बनेको गाउँ हरियाली


अंकुरण खबर
1.69K
Shares

खानेपानी अभावकै कारण बर्सेनि दर्जनौँ परिवार बसाइ सर्नु पर्ने बाध्यता रहँदै आएको तेह्रथुमको छथर गाउँपालिकाकोको समस्या समाधान भएपछि अहिले दैनिकी फेरिएको छ ।

स्थानीय सरकारले  खानेपानी आयोजना सञ्चालन गरेपछि यहाँको दैनिक फेरिएको हो । गाउँ गाउँमा पानी पुगेपछि अहिले सबेरै खानेपानी कै निम्ति भौँतारिनु पर्ने बाध्यताबाट मुक्त भएको छथर-३ पञ्चकन्याका बद्रीनाथ क्षेत्रीले बताए ।

उनी भन्छन्, ‘केही वर्षअघिसम्म हामी खानेपानीको जोहो गर्दैमा दिन बित्थे । भालेको डाकसँगै खानेपानी लिन धारा पधेँरीहरुमा पुग्नु पर्थ्यो । तर,अहिले खानेपानीको समस्या टरेको छ । घरमै पानी आउँछ खानेपानीबाट बचेको पानीले करेसाबारीमा तरकारीलाई सिँचाई गर्दै आएका छौ ।’

वस्ती वस्तीमा खानोपानी पुगेसँगै यहाँका स्थानीयहरूको घरको करेसाबारीहरू हरियाली देखिन थालेको छ । आयोजना सञ्चालनपछि खानेपानीको समस्या टर्नुको साथै आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्दै आएको सुस्मा श्रेष्ठको बताइन् ।

‘पहिले पहिले खानेपानी अभाव हुँदा मानिसलाई पिउने पानी पाउन नै सकस थियो, पशुचौपयालाई त कुरै थिएन । तर, अहिले घरमा तरकारी खेती गर्दै आएका छौँ । तरकारी किन्नु पर्दैन । खानेपानी आयोजनाले गाउँ नै फेरिएको झैँ लागेको छ,’ श्रेष्ठले भनिन् ।

गाउँपालिकाको तमोर तटीय क्षेत्रहरू वर्षौंदेखी खानेपानीको समस्याले ग्रसित बन्दै आएका थिए । नागरिहरूको समस्यालाई समाधानका निम्ति स्थानीय सरकारले चासो दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

खानेपानी आयोजना सञ्चालनसँगै ८०० परिवार लाभान्वित बनेको गाउँपालिका प्रवक्ता राजन नेपालीले बताए ।