logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति निवासमा प्रधानमन्त्री र प्रधानसेनापतिले बुझाए आ–आफ्नो प्रतिवेदन


अंकुरण खबर
1.326K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नो तर्फबाट प्रतिवेदन बुझाएका छन् ।

आज प्रधानमन्त्री देउवाले सरकारी तथा प्रधानसेनापति शर्माले राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपति भण्डारीलाई बुझाएका हुन् ।

‘आज प्रधानमन्त्री र प्रधानसेनापतिज्यूले सरकारी र राष्ट्रिय सुरक्षासम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउनु भएको हो,’ राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता नभएर प्रतिवेददन बुझाउने काम मात्र भएको उनले बताए । ‘राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको होइन,’ उनले भने, ‘प्रतिवेदन बुझाउने काम मात्र भएको हो ।’