logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा जिप दुर्घटना : एक जना महिलाको मृत्यु, सात जना घाइते


अंकुरण खबर
546
Shares

ओखलढुङगाको सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा आइतबार जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा ७ जना भने घाइते भएका छन् ।

मृत्यु हुनेमा जिपमा सवार ओखलढुङगाको चिसङखुगढी गाउँपालिका–३ बस्ने ३८ वर्षीया कुमारी श्रेष्ठ रहेकी छन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सामुदायिक अस्पताल ओखलढुङगामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चालक र अर्का एक जना थप उपचारको लागि काठमाडौं पठाइएको हो । अन्य घाइतेको सामुदायिक अस्पताल ओखलढुङगामै उपचार भइहेको छ ।

माम्खाबाट ओखलढुङगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जिप आइतबार बिहान ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको हो ।