logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पल शाहलाई थप १२ दिन थुनामा राख्न अदालतको अनुमति


अंकुरण खबर
884
Shares

नाबालिग गायिकामाथि जबरजस्ती करण गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।