logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल नेशनल हस्पिटलमा सेवा विस्तार तिव्र,स्त्री तथा प्रसुती रोग सम्बन्धी सबै सेवा उपलब्ध


अंकुरण खबर
4.823K
Shares

गुणस्तरीय सेवा, आधुनिक प्रविधि, छिटो छरितो, शुलब र अनुभवी विशेषज्ञद्धारा सबै रोगको उपचार एकै ठाउँमा हुने अस्पताल मध्ये एक हो, नेपाल नेशनल अस्पताल । काठमाडौंको कलंकीमा रहेको यो अस्पताल यीनै सुबिधाका कारण सञ्चालनमा आएको छोटो समयमै धेरैको रोजाइमा पर्न सफल भएको छ ।

यस अस्पतालमा अहिले अन्तर्राष्ट्रिय स्तरको इमरजेन्सी सेवा सुरु गरिएको छ । यहाँ २४ सै घण्टा विशेषज्ञ चिकित्सक रहन्छन् । अस्पतालले विशेषज्ञ सहितको मृगौला रोग सम्बन्धी सम्पूर्ण सेवा, हाड जोर्नी तथा नशा रोग, यौन तथा छाला रोगको  सबै सेवा सर्वशुलभ ढंगले उपलब्ध गराएको छ । त्यस्तै यस अस्पतालमा मेडिसिन सम्बन्धी सबै सेवा, बाल रोग , सल्यक्रिया, यौन तथा छाला रोग, स्त्री तथा प्रसुती रोग, कृतम गर्भधान सम्बन्धी सेवा दिदै आएको वरिष्ठ छाती रोग विशेषज्ञ तथा अस्पतालका निर्देश डा. प्रकाश पौड्यालले जानकारी दिए ।

स्त्री तथा प्रसुती रोग सम्बन्धी विशेष विशेषज्ञ उपचार सेवा :

केही समय अघिदेखि यस अस्पतालमा स्त्री तथा प्रसुती रोग सम्बन्धी विशेष विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ । बिगत लामो समयदेखि यही क्षेत्रमा आवद्ध वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.शान्ति श्रेष्ठको नेतृत्वमा अहिले स्त्री तथा प्रसुती सम्बन्धी सबै रोगको उपचार हुने गरेको छ । वरिष्ठ डा.श्रेष्ठको टीममा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.नमिता सिन्दान, स्त्री क्यान्सर रोग विशेषज्ञ डा.स्नग्ध्या राई, स्त्री प्रसुती तथा ल्याप्रोसकोपी विशेषज्ञ डा.एकता जैशवाल सहभागी छन् ।

अत्याधुनिक प्रविधि सहितको उपकरणबाट यस अस्पतालमा महिलाका सबै रोगको परीक्षणको साथै उपचार हुने बताउछिन् डा.नमिता सिन्दान । अब स्त्री तथा प्रसुती सम्बन्धी कुनै पनि समस्याको परीक्षण र उपचार गर्न बाहिर जानुपर्ने बाध्यता यस अस्पतालले हटाएको डा. सिन्दानको भनाई छ ।

विशेषतः अधिकांश महिलामा देखिने
महिनावारी गडबडी
यौनांग चिलाउने
पाठेघर खास्ने
पाठेघरमा ट्युमर पलाउने
ओभरीको क्यान्सर
गर्भ निरोधक विभिन्न अस्थायी साधनको गलत प्रयोग गर्दा आइपर्ने लगाएतका सबै समस्याको अनुभवि चिकित्सकद्धारा आवयक्ता अनुसार ल्याप्रोस्कोपी प्रविधि या अन्य विधिमार्फत उपचार गरिन्छ । यहाँ प्रसुती गराउने पनि राम्रो व्यवस्था छ । छिट्टै सुरक्षित गर्र्भपतन र नेपाल सरकारले उपलब्ध गराउने खोपको पनि व्यवस्था हुँदैछ ।

रोग लाग्न भन्दा लाग्न नदिनुनै उत्तम । त्यसका लागि बेला-बेला स्वस्थ मानिसले पनि स्वास्थ्य परीक्षण गराउनु पर्छ। यदि लागिहालेको अवस्थामा बेलैमा अस्पताल जानुपर्ने चिकित्सकहरुको सुझाव छ ।