logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पछिल्लो २४ घण्टामा देशभर थप ६८ जनामा संक्रमण पुष्टि, दुई जनाको मृत्यु


अंकुरण खबर
689
Shares

पछिल्लो २४ घण्टामा देशभर थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार १ सय ३५ पिसिआर परिक्षणका क्रममा ५४ जना र १ हजार ७ सय ९४ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ ।

यस्तै, २४ घण्टामा थप ५ सय ३८ संक्रमित निको भएका छन् । हाल नेपालमा ६ हजार ४ सय ६१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।