भक्तपुरको सूर्यविनायक नगरपालिकामा ६० वर्षीय महिला माथि रसायन प्रहार भएको छ ।
सुर्यबिनायक नगरपालिका वडा नं ४ दधिकोट चित्रपुर बस्ने ६० वर्षीय महिला माथि आइतबार साँझ उनकै ६५ वर्षीय श्रीमानले रसायन प्रहार गरेका हुन् ।
कुटपिट समेत गरेर गम्भीर घाइते भएकी महिलालाई कीर्तिपुर अस्पतालमा उपचारको लागि पुर्याइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। घटनामा संलग्न घाइतेका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।