logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्रीसहित फिल्टर प्रदान


अंकुरण खबर
975
Shares

चन्दननाथ नगरपालिकाका उपमेयर अप्सरादेवी न्यौपाने (महत) ले जुम्लाका कैदीबन्दीलाई खेलकुद सामग्री प्रदान गरिएकी छन् ।

‘जनतासँग नगर उपप्रमुखु’ कार्यक्रम अन्तर्गत २ सेट भलिबल, ४ सेट ब्याटमिन्टन र १ सेट क्यारेमबोर्ड प्रदान गरिएको हो ।

शुद्ध खानेपानीका लागि ५ वटा फिल्टरसमेत दिइएको चन्दननाथ नगरपालिकाले जनाएको छ ।

उपमेयर न्यौपानेले कारागारका कैदीबन्दीलाई भेटर कारागार भित्रका समस्याका बारेमा जानकारीसमेत लिएकी छन् ।

जुम्ला कारागारमा १ सय १४ जना कैदीबन्दी छन् । कारागारका कैदी खड्कजीत रोकायाले खेलकुद सामग्रीले निकै राहत भएको बताए ।