logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीलाई एसिड प्रहार गर्ने गुभाजु पक्राउ


अंकुरण खबर
949
Shares

श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिटसमेत गरेका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको जनाएको छ ।

एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।