logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु


अंकुरण खबर
1.014K
Shares

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री गर्दै गरेको सुदर पश्चिम प्रदेश ०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु ७८ प ९६६१ नम्बरको मोटरसाइकल ठोकिएको थियो ।

ट्रक सहित चालकलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।