logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निर्वाचन आयोगलाई केपी ओलीको प्रश्न-मतदाता पत्रको रङ किन हरियो राख्ने ?


अंकुरण खबर
1.014K
Shares

एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताए ।

‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने रु रुखैरुख देखियोस् भनेर रु तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’

एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उनले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताए ।