logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु


अंकुरण खबर
650
Shares

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ ।

वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट लागेर मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो ।

अन्सारीको घरको छतबाट भर्‍याङ्ग भुईमा झार्दै गर्दा बिजुलीको तारमा छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको देउती नर्सिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको हो ।