logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानसेनापति र रक्षा सचिवले गरे फास्ट ट्रयाकको निरीक्षण


अंकुरण खबर
429
Shares

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

उनीहरुले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित बेसक्याम्प र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएको जंगीअड्डाले जनाएको छ ।

निर्माणाधीन महादेवटार सुरुङखण्ड (प्याकेज १) र लेनडाँडा  धेद्रे सुरुङखण्ड (प्याकेज २) को हालको कार्यको निरीक्षण गर्नुका साथै ठेक्का सम्झौता बमोजिम लागत तथा समय सीमाभित्र रही गुणस्तरीय रुपमा तोकिएको समयमा नै निर्माणकार्य सम्पन्न गर्न प्रधानसेनापतिले निर्देशन दिए ।