logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
585
Shares

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१  १९ नम्बरको स्कारपियो जिपले घर बिदा सकाएर कार्यालय तर्फ फर्किदै गरेका थारु सवार भे ५ प ७१ ५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिप सहित चालकलाई प्रहरी चौकी अगैयाले नियन्त्रणमा लिएको छ ।