logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ३० अंकको गिरावट, कारोबार रकम पनि घट्यो


अंकुरण खबर
611
Shares

बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ । मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ ।

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो । एक सय ९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।