logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप २२४ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या शून्य


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घन्टामा देशभर थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९२ नमूना परीक्षण गर्दा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थप २५१ जना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमित ५ हजार ६ सय ९२ जना रहेका छन् । यस्तै, पछिल्लो २४ घन्टामा ९६ हजार ८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।