logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, मृतकको पहिचान खुल्न बाँकी


अंकुरण खबर
754
Shares

संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

मादीको ओखरबोटे बजार बाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीले जानकारी दिए ।

बिहीबार बिहान साढे सात बजे मादी– ६ को सातघुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन ।