logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रेस चौतारीको महाधिवेशन भोलिदेखि, कार्यतालिका सार्वजनिक


अंकुरण खबर
962
Shares

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट पोखरामा हुँदैछ ।

शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा आज केन्द्रीय सदस्य दर्ताको तालिका छ । दिउँसो २ बजे सचिवालय बैठक तथा अपराह्न ४ बजे केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

शुक्रबार बिहान ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने शुक्रबार बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ । शुक्रबार दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो ।

महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाइ छ ।