logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संखुवासभा बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, पाँच जना घाइते 


अंकुरण खबर
559
Shares

संखुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।

मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । पाँच जना घाइते भएका छन् ।

दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका-६ सातघुम्तीमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन ।