logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जय सन्तोषी माँ सहकारीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


अंकुरण खबर
1.456K
Shares

भक्तपुर नगरपालिका वडा न. १० कमलविनायमा रहेको जय सन्तोषी माँ ऋण तथा बचत सहकारीको आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबार संस्थाको कार्यालयमा एक दिने बृहत महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क पाठेघर र आखाँको परिक्षण गरिएको थियो । शिविरको लागि मेडिल्याण्ड फार्मेसी एण्ड क्लिनिक र ख्वप तिलगंगा अप्टिकल क्लिनिकले जनशक्ति तथा प्राविधिक सहयोग गरेका छन् ।

शिविरबाट १ सय ५२ जना लाभान्वित भएको जय सन्तोषी माँ ऋण तथा बचत सहकारीका अध्यक्ष राजन सैंजुले जानकारी दिएका छन् । सैजुले संस्थाको सामाजिक उत्तरदायित्व अनुसार महिला लक्षित स्वास्थ्य शिविर आयोजना गरेको बताए ।