logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गल्तीको समीक्षा गरेर ऊर्जाका साथ अघि बढौँ : माधव नेपाल


अंकुरण खबर
1.144K
Shares

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आ–आफ्नो गल्ती र कमीकमजोरीको समीक्षा गरेर सच्याउँदै ऊर्जाका साथ अघि बढ्न आफ्ना नेताहरूलाई निर्देशन दिएका छन् ।

बुधबार र बिहीबार चलेको केन्द्रीय कमिटी बैठकको समापन सत्रलाई सम्बोधन गर्दै उनले आफ्ना गल्ती सच्याएर ऊर्जाका साथ पार्टी र देशको काममा लाग्न निर्देशन दिएका हुन् ।

‘गल्ती नहुने भन्ने हुँदैन । गल्ती हुन्छ । तर, त्यसलाई सच्याउनु पर्छ । समीक्षा गर्नुहोस्,’ उनले भने, ‘गल्ती र कमकमजोरीको समीक्षा गर्दै सच्याउँदै ऊर्जाका साथ पार्टी र देशका काममा लाग्नुहोस् ।’

पार्टीका नियमित बैठक राख्न पनि निर्देशन दिएका उनले लोकतान्न्तिक आन्दोलनमा प्रतिगमनकारीका शिर उठाउन खोज्ने भन्दै सचेत पनि गराए ।