logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दल दर्ताको निवेदनमाथिको चेकजाँच अन्तिम चरणमा


अंकुरण खबर
572
Shares

स्थानीय तहको निर्वाचनका लागि दर्ता हुन निर्वाचन आयोगमा निवेदन दिएका ८० राजनीतिक दलहरूको जाँचबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार विज्ञप्ति जारी गर्दै ८० राजनीतिक दलहरूको जाँझबुझ प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका हुन् । मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम, २०७८ अन्तर्गतका कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ ।

यस्तै  स्थानीय तह निर्वाचनका लागि आवश्यक हुने २३ प्रकारका निर्वाचन सामग्रीको खरिदका लागि दश प्याकेजमा प्रकाशित बोलपत्रको सूचना बमोजिम पर्न आएका बोलपत्र मध्ये सबैभन्दा न्यूनतम मूल्यांकन भएको बोलपत्र आयोगको फागुन २२ को निर्णय बमोजिम स्वीकृत भई सम्झौताको प्रक्रिया अगाडी बढेको आयोगको भनाइ छ ।

स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावली हाल अध्ययनको क्रममा रहेको समेत आयोगले जनाएको हो ।