logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगरकी एक मात्र महिला वडा अध्यक्ष शोभा, बनिन् अब्बल जनप्रतिनिधिको उदाहरण (भिडियो सहित)


अंकुरण खबर
6.461K
Shares

अबसर पाए महिलाले जस्तो सुकै काम पनि सफलताका साथ सम्पन्न गर्न सक्छन भन्ने उदाहरण पछिल्लो समय हरेक क्षेत्रमा नेतृत्व समालेका महिलाले पुष्टि गर्दै आएका छन् । अपवाद बाहेक नेतृत्वमा पुगेका महिलाले समर्गमा राम्रो काम गरेर उदाहरणीय बनेका छन् । यस्तै उदाहरणीय पात्र मध्ये एक हुन् काठमाडौं महानगरपालिका वडा नं १४ की वडा अध्यक्ष शोभा सापकोटा । उनै सापकोटासंग अंकुरण खबरको टीमले गरेको कुराकानीमा आधारीत अंश…

देशकै केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरपालिकाकी एकमात्र महिला वडाध्यक्ष हुन् शोभा सापकोटा । हसिलो चेहेरा, मेहिनेत गर्ने बानी, इमान्दारीपन, दुरदर्शी सोच र सबैको दुख: सुखको सारथी बन्ने स्वभावकै कारण अध्यक्ष सापकोटा वाडाबासीको प्रिय जनप्रतिनिधि बनेकी छिन् ।

महिलाले नेतृत्व लिन सक्दैनन्, लिहाले पनि काम गर्न सक्दैनन् भनी पाइला-पाइलामा प्रश्नको प्रहार गर्नेहरुलाई अध्यक्ष सापकोटाले व्यावहारलेनै गतिलो उत्तर दिएकी छिन् । उनी भन्छिन् “हाम्रो समाजमा अझै पनि पितृसत्तात्मक चिन्तन छ । महिला भनेको घरको चुलो चौकोमा मात्र सिमित हुन्छन, राजनीति लगाएत समाजका कुनै पनि काममा अग्रस्थानमा जान सक्दैन् भन्ने धेरै छन् । यस्तै व्यावहारका कारण महिलालाई अगाडी आउन गाह्रो छ, आइहाले पनि टिक्न र काम गर्न झनै गाह्रो ।”

तपाईले चै महिला भएकै कारण यस्ता समस्या कत्तिको भोग्नु पर्यो भन्ने प्रश्नमा हास्दै भनिन्न्  “आँमै कत्ति हो कत्ति । सदिऔं देखि महिलालाई दोस्रो दर्जाको रुपमा हेर्दै आएको हाम्रो समाजमा महिलाका कामलाई स्वीकार गर्न नै गाह्रो छ । मैले पनि वडा अध्यक्षको टिकट पाउँनदेखि चुनाव जित्त र जीते पछि पनि काम गर्न भीमकाय समस्याका पहाड छिचोल्नु परेको छ । तर समस्यासंग भागेर हैन् सचेतता पूर्वक समधान गर्दै अगाडी बढे सफलता अवश्य प्राप्त गर्न सकिन्छ भन्ने कुरा मैले प्रमाणित गरेरै देखाईदिँए ।

तपाई वडा अध्यक्ष जितेर आए पछि वडाबासीले मनैदेखि स्वाबासी दिने के-के काम गर्नु भयो ?

लामो समय स्थानीय तह जनप्रतिनिधि नहुँदा लथालिंग अबस्थामा पुगेको थियो । विकास निर्माण लगाएत अन्य कामको त के कुरा जनताका गुनासो सुन्ने आधिकारीक कोही थिएन । यस्तो बेला हामी जनप्रतिनिधि चुनिएर आयौं । मुलुक संघीयतामा गएकाले नयाँ निती निर्माणदेखि काममा शिलशिलामा समस्या धेरै थिए । यसैका बाबजुत पनि म दाबीका साथ भन्न सक्छु । धेरै राम्रा काम गरेकी छु ।

अब हामी लगभग बिदाईको चरणमा पुगेका छौं । मेरो कामको मूल्यांकन वडाबासीको साथै मेयर उप-मेयर र अन्य वडाले पनि राम्रोसंग गर्नु भएको छ । यस बीचमा हामीले आधुनिकता टल्कने, नेपाली पन झल्कने खालको बैंकिन सुविधा समेत भएको सुविधा सम्पन्न आफ्नै वडा भवन निर्माण गरेका छौं । जनताको मन जितेरै साँघुरा बाटा अहिले गाडी गुडन सक्ने भएका छन् । धुलाम्मे सडक पक्की भएका छन् । धेरै ठाउँमा आकर्षक पार्क निर्माण गरेका छौं । सम्भव भएसम्म सबै ठाउँमा हरियाली बनाउने क्रम जारी छ । समर्ग वडालाई सफा सुन्दर बनाएका छौं ।

त्यस्तै काकाकुल रहेका वडाबासीलाई पानीको व्यावस्था गर्ने काम जारी छ । जीर्ण रहेका मठमन्दिर, पार्टी पौवा, धार्मिक,संस्कृतिक, पुरातात्विक संम्पदाहरुको पुर्ननिर्माणको साथै संरक्षण र संवद्र्धन गरेका छौं । शिक्षा, स्वास्थमा सबैको पहुँच र गुणस्तरीयता कायम गरिएको छ । धेरैलाई आवश्क्ता अनुसार शिपमुलक तालिम दिएकाले स्वाभलम्भी बन्नु भएको छ । समग्रतामा भन्दा वडाबासीको साथ र सहयोगमा धेरै काम गरेका छौं ।

जनप्रतिनिधिले अपेक्षाकृत काम गरेनन् भन्ने गुनासो सुनिन्छ नी ? के यो आरोप हो या यथार्थ ?

हो, हामीले पनि पटक-पटक यस्ता कुरा सुनेका छौं । स्थानीय तहमा लामो अन्तरालमा जनप्रतिनि आउनु र जनताका आवश्यक्ता, अपेक्षाहरु पनि बढी हुनाले यस्तो गुनासो सुनिएको हो । काम गर्दै जादा कत्तिपय अवस्थामा कानुनी कुरा लगाएत हरेक कुराको तालमेल गर्दै जाँदा केही समय ढिला भएको छ । तर मेरो वडामा भनेअलि फरक छ ।

महिला अध्यक्ष भएकाले पनि धेरै चासोका साथ हेर्नु भएको थियो । सुरुमा सकारात्मक र नकारात्मक दुबै खालमा प्रतिक्रिया थिए म प्रति । यद्यपी मेरो एक मात्र उद्धेश्य भनेको जनताको सेवा गर्नु थियो । जनप्रतिनिधि सधै जनताको सेवक हुनुपर्छ न कि शाषक हैन् । यही लक्ष्यका साथ अगाडी बढेकाले अहिले कामको परिणाम राम्रो आएको छ । सत प्रतिशत त कोही पनि हुन सक्दैन तर मैले सिमित स्रोत र साधानै बीच  चुनावमा जनतासंग बाचा गरेका ९० प्रतिशत काम सम्पन्न गरेकी छुँ । त्यस्तै मेरो वडामा माथिल्लो तहबाट सहयोग नभएर काम रोकिएको पनि छैन् ।

तपाई महिला वडा अध्यक्ष महिला शसक्तिकरणका क्षेत्रमा के-के गर्नुभयो ?

मैले अघि पनि भने महिलाले पुरुषको तुलनामा धेरै जिम्मेवारी निर्वाह गर्नुपर्छ । घर परिवारको जिम्मेवारीदेखि आफुले समालेको सबै काम गर्न महिलालाई धेरै अप्ठ्यारो छ । तर पनि यस्ता तमाम कामलाइ सही ढंगले व्यवस्थापन गर्दै आफ्नो जिम्मेवारी कुशलताका साथ निर्वाह गर्ने क्षमता महिलाको विशेष गुण हो भन्ने लाग्छ । जब समाजमा महिला र पुरुष समान हुन सक्दैनन् तबसम्म सुखी नेपाली र संवृद्ध नेपालको सपना साकार हुन सक्दैन् । यसकोलागि सबै भन्दा पहिला महिला दक्ष,सक्षम र क्षमतावान हुन जरुरी छ । हरेक कुरामा महिला शसक्त हुनुपर्छ भनेरनै काठमाडौं महानगरपालिकाले प्रत्येक वडामा महिलाको लागि काम गर्ने आधिकारीक समिति गठन गरेको छ । यस्तो समितिले हाम्रो वडाका महिलाहरुको क्षमता विकास र संवृद्धिको लागि ठुलो काम गरेको छ । हाम्रो वडामा कुनै पनि महिला हिंसामा पर्नु नपरोस भनेर विभिन्न कार्यक्रम गरेका छौं । यसको अलावा महिला आत्मनिर्भर भएमात्र हरेक कुरामा अगाडी आउनुको साथै सफल नेतृत्व गर्न सकिन्छ भनेर हामीले वडाबाट धेरै सीप विकास तथा क्षमता अभिवृद्धि तालिम दिएका छौं । यसले धेरै महिलाको रोजी रोटीको ग्यारेन्टी गर्नुको साथै आगामी दिनमा सबल हुने प्रशस्त मार्ग खुलाएको छ । यस कारण म सधै भन्छु महिलालाई आरक्षण भन्दा अबसरको दिनुपर्छ ।

स्थानीय तहमा भ्रष्टचार धेरै मौलाएको छ ? आफ्ना कार्यक्रता र आसपासका मानिसको सहजै मात्र काम हुन्छ भन्छन्नी ?

यो कुरा मैले पनि नसुनेको हैन् । तर सबै जनप्रतिनिधि र स्थानीय तहमा भ्रष्टचार छ भन्ने कुरामा चै म सहमत छैन् । अन्य ठाउँको कुरा त मलाई थाहाँभएन तर मेरो वडामा भने भ्रष्टचार शून्य बनाउने प्रयत्न सधै जारी छ । यो कुरा म दाबीका साथ भन्न सक्छुकी तुलानात्मक रुपमा महिलाले नेतृत्वको गरेको ठाउँमा भ्रष्टचार कम हुन्छ । म निर्वाचित भएर आएकै बेलादेखि सरोकारवाला सबैलाई राखेर यो कुरामा सचेत गराउदै आएकी छु । आम वडा बासीलाई पनि मेरो सुरुदेखिनै आग्रह छ भ्रष्टचार गर्नु र गराउनु दुबै अपराध हो । यदि वडाबाट हुने सेवा प्रबाहका क्रममा विभिन्न नाममा कहि कसैले यस्तो कुरा गरेमा सिधै मेरो सम्पर्कमा आउनु । मेरो यही स्वभावका कारण पनि हुनसक्छ । अहिलेसम्म यस्तो जनगुनासो सुन्नुपरेको छैन् । सबै जनप्रतिनिधिलाई मेरो आग्रह छ की भ्रष्टचार देशको लागि क्यान्सर जस्तो हो । यसलाई रोक्न तपाईले कडा कदम चाले धेरै कम हुनसक्छ ।

वडाबासीलाई के छ सन्देश ?
जनता भनेको हाम्रा लागि सर्वश्व हो । कहिले काँही चाहाँदा चाहाँदै पनि विभिन्न कारणले गर्न सकिएको छैन तर मलाई निर्वाचित गराएर पठाएकोमा  तपाइहरुलाई कुनै पश्चताप हुने खालको काम गरेकी छैन र गर्ने पनि छैन् । म वडाबासीको सेवामा जतिखेरै हाजिर छु । चाहे बिकास निर्माणका काम हुन या जनसरोकारका कुनै पनि कुरामा यतिञ्जेत तपाईहरुले गरेको साथ सहयोग प्रति कृतज्ञ छु । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु । म तपाइहरुकै सेवक हो, कुनै पनि समस्या भए मेरो घरमा होस् या कार्यालय म जतिखेरै तपाइहरुको सहयोगी बन्ने छु ।