logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फुङ्लिङ आगलागी हुँदा एक वृद्धाको मृत्यु


अंकुरण खबर
793
Shares

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-४ मा आगलागी हुँदा एक वृद्धाको ज्यान गएको छ ।

कोप्चेको पुरानो गोसलाइनमा भएको आगलागीमा ६७ वर्षीया चुलीमाया लिम्बूको मृत्यु भएको फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए ।

सुरक्षा फौज र फुङ्लिङ नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको छ । आगलागी हुनुको कारण खुल्न सकेको छैन ।

स्थानीय रबिन लिम्बुको घरबाट सुरु भएको आगोले छिमेकी संगिता मादेनको घर पूर्ण रुपमा क्षति भएको छ ।