logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बैंकिङ कसुरमा नौ लाख जरिवाना र चार दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


अंकुरण खबर
663
Shares

ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका हेटौंडा उपमहानगरपालिका-१७ का ३२ वर्षीय मुन्दिप भुजेल पक्राउ परेका हुन् ।

हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो ।

फैसला गरेसँगै उनी फरार भएका थिए । उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । विशेष सूचनाको आधारमा खटिएको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।